हाम्रो बारेमा

बौद्धिक संसार शैक्षिक प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा शिक्षाका क्षेत्रमा काम गरिरहेको एक नाफा रहित गैह्र सरकारी संस्था हो | बौद्धिक संसार प्रकाशन प्रा.लि.सँग मिलेर बिगत दुइ दशकदेखी नेपालमा काम गर्दै आएको यस प्रतिष्ठानले हाललाई आफ्नो कार्य क्षेत्र अमेरिकालाई पनि बनाएको छ । अगष्ट २, २०११ देखी आफ्नो कार्यलाई क्यालिफोर्नियाको लस एन्जेलस काउन्टी लाईब्रेरी आर्टेसियाबाट थालनी गरेको प्रतिष्ठानले वरपरका सिटी तथा अन्य राज्यहरुमा पनि विस्तार गर्ने प्रकृया शुरू गरिसकेको छ | आउँदा दिनहरुमा यो कार्यलाई विश्वका अन्य क्षेत्रहरुमा पनि विस्तार गरिने छ | [विस्तृत ...]

पुस्तकालय परियोजना

 प्रतिष्ठानको एउटा प्रमुख लक्ष्य नेपाल र नेपाली भाषासँग सम्वन्धित विभिन्न पुस्तकालय सामाग्रिहरू विश्वका विभिन्न पुस्तकालयहरूमा उपलब्ध गराउनु पनि हो । यसै क्रममा अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत आर्टेशिया काउन्टी पुस्तकालयमा बिभिन्न चरणमा पुस्तकहरू प्रदान गरिएको छ । [विस्तृत ...]

छात्रवृत्ति कार्यक्रम

  प्रतिष्ठानको अर्को मूल उद्देश्य जोस जाँगर भएका तर गरिवीका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेका गरिव तथा जेहेन्दार छात्र/छात्राहरुलाई दाताले इच्छाइएको स्थानमा छात्रवृत्ति कार्यक्रम संचालन गर्नु पनि हो । [विस्तृत ...]

नारी हित कल्याण कोष

   प्रतिष्ठानले अन्तर्राष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर नारी हित कल्याण कोषको स्थापना गर्ने निर्णय गरेको छ । समाजमा बढ्दै गएको तडक भडकमा खर्च हुने रकमलाई महिला हक, हित र कल्याणका विविध क्षेत्रमा खर्च गर्न सके उनीहरूको जीवनस्तर वृद्धिमा केही हदसम्म भए पनि सहयोग पुग्ने ठानी नारी हित कल्याण कोषको स्थापना गरेको छ । [ विस्तृत ...]


पत्रिका

कार्यक्रम तथा समाचारहरू

सम्पर्क

बौद्धिक संसार शैक्षिक प्रतिष्ठान
१८४१० कर्वि एभेन्यू, अपार्टमेन्ट ४
आर्टेशिया, क्यालिफोर्निया ९०७०१, संयुक्त राज्य अमेरिका
फोन नं. (५६२) ८८८-१२४०
इमेल info@baudiksansar.org
वेवसाइट http://www.baudiksansar.org
 

www.000webhost.com